सीसीएमसीको संयोजक प्रधानमन्त्री ओली आफै, ईश्वर पोखरेल सदस्य मात्रै

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को अध्यक्ष अब प्रधानमन्त्री आफै रहने भएका छन्।

यसअघि संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल त्यसको सदस्य रहनेछन्।

सरकारले पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीलाई खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको हो।

सरकारले बिहीबार जारी गरेको र शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार अब २०७७ साल वैशाख १६ गते मन्त्रिपरिषद्ले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति कोरोनाको रोकथाम र नियन्त्रण गर्न नयाँ कानुन आएसँगै निष्क्रिय भएको छ ।


प्रतिक्रिया दिनुहोस्