सपथ लिँदा ‘प्रतिज्ञा गर्छु‘ भन्ने शब्द प्रधानमन्त्रीले अध्यादेश मार्फत हटाए

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीको रुपमा सपथ लिँदा ‘प्रतिक्षा गर्छु’ भन्ने शब्द नभनेको भन्दै चर्को आलोचना खेप्नुपर्यो।

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीलाई भनेपछि धेरैले ओलीको आलोचना गरेका थिए।

सो प्रकरणबारे सर्वोच्च अदालतमा मुद्धा समेत पर्यो। विवादित उक्त शब्दावली प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अध्यादेशबाट हटाएका छन्। अबका प्रधानमन्त्रीले उक्त शब्द भन्नुनपर्ने भएको छ।

यस्तै शपथ लिने र शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभुषा वा पोशाक लगाई शपथ लिन सक्ने व्यवस्था समेत अध्यादेशमा गरिएको छ।

नयाँ अध्यादेशले शपथ गर्दा सार्वजनिक पदाधिकारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली प्रयोग गर्न नपर्ने व्यवस्था गरेको हो।

त्यसको सट्टा उनीहरूले ‘ईश्वर वा देश र जनता’का नाममा शपथ लिन्छु भन्नुपर्नेछ। ‘ईश्वर वा देश र जनता’मध्ये कसको नाममा शपथ लिने हो, शपथ गर्नुपूर्व आफूलाई शपथ गराउने पदाधिकारीलाई त्यसबारे जानकारी दिनुपर्ने व्यवस्था अध्यादेशमा गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्