राष्ट्रपतिलाई गगन थापाले भने- सुध्रिने अन्तिम मौका, नत्र भिरबाट खस्नेलाई राम राम!

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि सुध्रिने अन्तिम मौका भएको टिप्पणी गरेका छन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे लेख्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले फेरि जालझेल गर्न खोजेको टिप्पणी गरेका हुन।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले राष्टपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको पनि उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्