योगेश भन्छन्-एमाले एकता जोगाउन हस्ताक्षर गरिन

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षीय नेता एवं पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमालेको एकता जोगाउन आज आफूले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर नगरेको बताएका छन्।

एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगएको योगेशले बताएका हुन।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन्। उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् । यसो भन्दै उनले नेपाल समूह छाडेको संकेत समेत गरेका छन्।

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’


प्रतिक्रिया दिनुहोस्