ओली-देउवा दुवैका दाबी किर्ते हुन, चुनाव घोषणा होस् : कमल थापा

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका छन।

वर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन।

सो दाबीपत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गरेको बताइएको छ।

यस्तै विपक्षी गठबन्धनको तर्फबाट एमालेको माधव नेपाल पक्षका २७ सहित शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर पनि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेकी छन्।

दुवै पक्षले आफूहरुसँग बहुमत रहेको दाबी सहित नयाँ सरकार बनाउन आधार पुग्ने दाबी गरेका बेला राप्रपा अध्यक्ष कमल थापाले दुवै पक्ष किर्ते भएको बताएका छन्। साथै उनले अब चुनाव घोषणा गर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्