एकैदिन ७८९० जना कोरोना संक्रमित निको भए, १७७ को मृत्यु

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । थप आठ हजार ६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

पिसिआर विधिबाट आठ हजार ४०७ तथा एन्टिजेनबाट २०० जनामा सङ्क्रमण पुष्टि भएको हो। हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १४६ पुगेको छ।

हाल ९१२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना मुक्त भइ घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर सात हजार ८९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय सङ्क्रमित छन्।

काठमाडौँ उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ४४७ सङ्क्रमित थपिएका छन्। ती काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४०० तथा भक्तपुरमा २९५ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्य २२ हजार १९३ रहेको छ। हालसम्म कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने एक हजार ३६७ सङ्क्रमितको मृत्यु भएको छ।

यस्तै ललितपुरमा हाल ६ हजार ८५६ सक्रिय सङ्क्रमित रहेका छन्। हालसम्म २२ हजार ४३६ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ सङ्क्रमितको मृत्यु भएको छ।

यस्तै भक्तपुरमा चा हजार ८६४ सक्रिय सङ्क्रमित छन्। निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट थप १७७ सङ्क्रमितको मृत्यु

पछिल्लो समय सङ्क्रमणबाट थप १७७ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट १९० सङ्क्रमितको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्