खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ : उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मुलुकका सरकारसँग सीधै वा व्यावसायिक दुवै माध्यमबाट चाँडै कोभिङ–१९ विरुद्धको खोप र अक्सिजन प्लान्ट ल्याइने बताएका छन।

काठमाडौँको वसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए।

‘‘हामीले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं। जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं।’’ उपप्रधानमन्त्री

पोखरेलले भने– ‘‘भारत सरकारले छिट्टै नेपाललाई लिक्विड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’’ काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ श्ययाको उक्त आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो।

उनले कोरोना त्रासबाट जनतालाई मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गर्नुभएको उल्लेख गर्दै सरकारविरुद्ध चलाइएका भ्रमहरु सत्य नभएको बताए। रासस


प्रतिक्रिया दिनुहोस्