खुराफात शिरोमणिले जालझेल गरे प्रतिवाद गर्नुपर्छ : बाबुराम

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नयाँ सरकार गठनका लागि प्रयासरत छन्।

आज सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकमा भट्टराई पनि सहभागी थिए।

सो बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री प्रस्ताव गरेको छ। तर, सो गठबन्धनको दाबी राष्ट्रपति कार्यालयमा पुग्नुअघिनै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेर आफ्नो बहुमत रहेको दाबी गरिरहँदा पूर्वप्रधानमन्त्री भट्टराईले ओली विरुद्ध प्रतिवाद गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल ट्टिवरमा एक ट्विट गर्दै डा.भट्टराईले यस्तो लेखेका हुन।

‘धारा ७६ ९२० बमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु-जालझेल गरी टार्ने ठाउॅ छैन’, बाबुरामले ट्वीट गरेका छन्, ‘खुराफात शीरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी–प्रतिवाद गर्नुपर्छ है।’


प्रतिक्रिया दिनुहोस्