बहुमत रहेको दाबी गर्दै शीतलनिवासबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि शीतलनिवासबाट बाहिरिएका छन्।

विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेसँगै ओली पनि शीतल निवास पुगेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपति समक्ष आफू नेकपा एमालेको अध्यक्ष र संसदीय दलको नेता समेत रहेका र माधव नेपालले दिएको हस्ताक्षर वैध नहुने जिकिर गरेका छन्।

विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर दिएपछि बहुमत पुगेको थियो।

स्रोतका अनुसार प्रधानन्त्री ओलीले राष्ट्रपतिसमक्ष १५३ सांसदको आफूलाई समर्थन रहेको दाबी गरेका छन्।

देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरु यसअघि १४९ जना सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्