विपक्षी गठबन्धनका शीर्ष नेताहरु शीतलनिवासमा, राष्ट्रपतिलाई कुर्दै

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । बहुमत सांसद सदस्यको हस्ताक्षरसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरु शितल निवासमा छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धन १४९ सांसदको हस्ताक्षरसहित शीर्ष नेताहरु राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।

तर, हालसम्म पनि राष्ट्रपति भण्डारीले भेट्नको लागि समय दिएकी छैनन्।

उता विपक्षी दलहरु कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको दावीसहित शीतलनिवास पुग्नुअघि नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपतिसँग भेटघाट गरेका छन।

 


प्रतिक्रिया दिनुहोस्