सरकारको दाबी गर्न देउवा, दाहाल लगायतका नेताहरु शितलनिवासमा

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षका २७ जनासहित १४९ सांसदहरुको हस्ताक्षर बोकेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाललगायत शितलनिवास पुगेका छन्।

विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेको हो।

शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले आवश्यक बहुमत जुटाएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा दिएकी छन्।

 


प्रतिक्रिया दिनुहोस्