देउवालाई प्रधानमन्त्री प्रस्ताव, १४९ सांसदको हस्ताक्षर लिएर नेताहरु शीतलनिवासमा

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । विपक्षी गठबन्धनमा बहुमत जुटेको छ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का १ सय ४९ सांसदको हस्ताक्षर लिएर नेताहरु शीतलनिवास प्रस्थान गरेका छन्।

नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गरिएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको हो।

राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि अहिले नेताहरु शीतल निवास गएका छन्।


प्रतिक्रिया दिनुहोस्