सिंहदरबारमा ३ दलको बैठक, बहुमत पुर्याएर राष्ट्रपतिकोमा जाने तयारी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सिंहदरबारमा ३ विपक्षी दलको बैठक सुरु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गरेपछि विपक्षीदलहरु सक्यि भएका हुन।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र एमालेका माधव नेपाल समूहका नेताहरु सहभागि छन्।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत छन्।

दलहरुबीच माधव नेपाल नेतृत्वमा सरकार बनाउने सहमतिको नजिक पुगेको बताइएको छ। बहुमत पुर्याएर आजै राष्ट्रपति विद्यादेवी भण्डारीकोमा जाने दलहरुको तयारी छ।

 


प्रतिक्रिया दिनुहोस्