व्यवस्थाको फैसला गर्ने चुनावमा जाऔं : विप्लव

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था फेर्ने चुनावमा जान आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारी गरेपछि विप्लवले विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमतसंग्रह गर्नुपर्ने बताएका हुन।

साथै सरकारसँग भएको ३ बुँदे सहमति अनुसार आफ्ना नेता कार्यकर्ता नछाडिएकोप्रति समेत विप्लवले असन्तुष्टि जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्