सिंहदरबारमा माधव नेपाल पक्षका सांसदहरुको भेला सुरु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि म्याद दिएपछि नेकपा एमालेको माधव नेपाल पक्ष भेलामा जुटेको छ।

अहिले सिंहदरबारमा माधव नेपाल पक्षीय ४१ जना प्रतिनिधि सभाको भेला सुरु भएको हो ।

उनीहरुले नेपालले लिने कदममा साथ दिने गरी हस्ताक्षर समेत गरेका छन्।

एमालेका १२१ सांसदमध्ये ४१ जना सांसदले नेपाललाई साथ दिई हस्ताक्षर गरे प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्ने पक्षमा पुगेको बुझिएको छ।

नेता नेपाल निकट एक सांसदले बताए अनुसार हस्ताक्षर गर्नेमा अधिकांश प्रत्यक्ष निर्वाचित सांसद छन् ।


प्रतिक्रिया दिनुहोस्