‘सके वैकल्पिक सरकार बनाउनुहोस्, सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्’

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले बाहिर हल्ला गरिएजस्तो संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको बर्ताका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले मुलुकलाई निकास दिनका लागि आफूले अघि बढाएको कदमको गलत व्याख्या गर्दै भ्रम फैलाउन खोजिएको आरोप लगाए । उनले भने, सरकार चलाउन सक्ने अवस्था पनि छैन।

नयाँ सरकार बन्‍ने अवस्था पनि छैन। यही जटिल अवस्थामा घुमिरहनुपर्ने अवस्थालाई ध्यानमा राखेर विकल्प दिन खोजिएको हो। ताजा जनादेश नै उत्तम विकल्प हुने ठानेर आफूले संसद विघटन गरेको दाबि गरे।

संसद पुनर्स्थापना भएको दुई महिनासम्म विपक्षीले अविश्‍वास प्रस्ताव ल्याउन नसकेको बताए। ओलीले नयाँ सरकार बनाएर अन्योल अवस्थाको अन्त्य गर्न राजनीतिक दललाई आग्रह गरे ।

‘बनाउनुहोस् न वैकल्पिक सरकार, मेरो रचनात्मक समर्थन रहन्छ । सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्, कसले विघटन गर्न खोज्यो संसद ? समर्थन पनि नगर्ने, आफू बनाउन पनि नसक्ने,’ उनले भने ।

प्रधानमन्त्री ओलीले बिहीवार मन्त्रिपरिषद्ले गरेको सिफारिस सही भएको बताए ।

‘संविधानको धारा ७६ ५ बमोजिमको सरकार गठनका लागि मार्गप्रशस्त गरेर आह्वान गरियोस् र अर्को सरकार बनोस् भन्ने अभिप्रायका साथ सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बाटो खोलिदिएको सिफारिस गरेको कुरा सर्वविदितै छ,’ उनले भने, ‘त्यो कुरा बाहिर आएपछि बहुतै कृत्रिम, नाटकीय व्याख्याहरू हुने गरेको पाइयो । मानिलिउँ यो असाध्यै नयाँ कुरा अचानक आइपुग्यो जस्तो । यदि यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैन्थ्यो भन्ने स्पष्ट छ, फेरि जाने संविधानको उपधारा ५ कै प्रक्रियामा हो ।’

उनले राष्ट्रपतिलाई विवादमा मुछ्न खोजिएको भन्दै सरकारले गरेको सिफारिसको जिम्मा आफुले लिने बताए । प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत पाउने अवस्था नभएको र विश्वासको मतको प्रक्रियामा जाँदा बजेट प्रभावित हुने भएकाले संविधानको धारा ७६ ९५० अन्तर्गतको नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको स्पष्टीकरण दिए।

‘जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। त्यसअगावै साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्छ। आज ७ गते भइसक्यो। विश्वासको मतको प्रक्रियामा जाँदा १२र१४ गते पुग्छ। १४ गते नयाँ सरकार आएर नीति तथा कार्यक्रम कसरी ल्याउँछ। बजेट कसरी ल्याउँछरु’ओलीले प्रश्न गरे, ‘समय नभएकाले हामी अगावै वैकल्पिक सरकारको बाटोमा अघि बढेका हौं।’


प्रतिक्रिया दिनुहोस्