चुनाव अगाडि नै सबै जनतालाई खोप : प्रधानमन्त्री ओली

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाइसक्न आफू प्रयत्न रत भएको जनाएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन । मध्यावधि निर्वाचनको घोषणापछि कामचलाउ हैसियतको सरकारका प्रधानमन्त्री अ‍ोलीले दलहरुलाई चुनावी सरकार बनाउन समेत प्रस्ताव गरेका छन् ।

आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गरी एप्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन्।

उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन्। संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ। दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ। यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ।’

 


प्रतिक्रिया दिनुहोस्