गृहमन्त्री बादल हारेपछि गोकुलको आक्रोश-‘दुध ख्वाएर पालेका साँपले डसेका हुन’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । बिहिबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पराजित भएका छन्।

माओवादी केन्द्र, काँग्रेस गठबन्धनका उम्मेद्वार डा.खिमलाल देवकोटासँग बादल पराजित भएका हुन।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन्। बादलले ४ हजार १४ मत प्राप्त गरे।

एमालेको माधव नेपाल पक्षले मत नदिएपछि बादलको विजय असम्भव बनेको हो।

आफ्नै पार्टीका उम्मेद्वारलाई एउटा पक्षले मत नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले बिपक्षीसँग कुनै गुनासो नरहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन। बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।


प्रतिक्रिया दिनुहोस्