सांसद श्रेष्ठद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन।

भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच/पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो।

दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताए।

पुरनडिही अस्पतालका डा.सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा.मनिष श्रेष्ठ लगायतको सहभागिता थियो।रासस


प्रतिक्रिया दिनुहोस्