गृहमन्त्री थापालाई हराउँदै खिमलाल देवकोटा विजयी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेका उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

मतदानपछि आजै भएको निर्वाचनमा देवकोटा ५०८८ मतभारसहित विजयी भएका हुन् भने बादलले ४०१३ मतभार प्राप्त गरे। नेपाल मजदुर किसान पार्टीका उमेद्वार कृष्ण महर्जनले १३२ मतभार प्राप्त गरे।

सत्तारुढ एमालेबाट उम्मेदवार बनेका बादल सूर्य चिन्ह लिएर चुनावमा होमिएका थिए।

यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा. देवकोटाले कलम चिन्ह र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले मादल चिन्ह लिएर चुनावी मैदानमा थिए।

 

 


प्रतिक्रिया दिनुहोस्