गृहमन्त्री थापा सहित ७ मन्त्रीको पद गुम्यो

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठामाडौं । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री रहेका रामबहादुर सहित ७ मन्त्रीले पद गुमाएका छन्।

नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की उनीहरु एमालेमै बसेका थिए।

पछि माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरेपछि उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सर्वोच्चको पछिल्लो आदेशपछि मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामाले पद गुमाएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्