नेपाललाई ३० हजार लिटर र ८ सय सिलिण्डर अक्सिजन सहयोग गर्दै तिब्बत सरकार

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

तिब्बतले नेपालाई ३० हजार लिटर अक्सिजन (तरल) र ८ सय थान अक्सिजन सिलिण्डरसहित विभिन्न आपतकालीन स्वास्थ्य सामग्री दिने भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी गराएकी छिन् ।

अन्य सामग्रीमा १० थान अक्सिजन कन्सेनट्रेटर्स, ५ थान भेन्टिलेटर, २ सय थान आईसीयू बेड र १५ हजार थान आपतकालीन एन्टिजेन (कोरोना परीक्षण गर्ने) किट उपलब्ध गराइने राजदूत यान्छीले बताएकी छिन् ।

चीनको केन्द्र सरकारले पनि यस अघिदेखि नै नेपाललाई अक्सिजनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको छ । कोरोनाको दोस्रो लहरले धेरै नेपाली नागरिक संक्रमित छन् ।

देशैभर अक्सिजनको हाहाकार भएको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाललाई विश्वका देशले आपतकालीन सहयोग आवश्यक रहेको बताइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्