बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १० जनाको ज्यान गएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्ममा बाँकेको विभिन्न अस्पतालमा उपचाररत थप १० संक्रमितको ज्यान गएको हो ।

मृतकमध्ये ४–४ जना बाँके र बर्दिया, १–१ जना दाङ र कैलालीका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका–३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५ः ४५ बजे, जानकी गाउँपालिका–३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८ः४५ बजे र राप्तिसोनारी गाउँपालिका–६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १ः २० बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६ः३० बजे, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८ः३० बजे, गुलरिया नगरपालिका–४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १ः१५ बजे र बढैयाताल गाउँपालिका–५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९ः५५ बजे मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ः३० बजे र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५७ पुगेको छ भने अन्य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्