एमाले स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडाैं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्