आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको हाे ।

हिंजाे प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य आज ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्