साउथ स्टार एनटीआरकाे आज जन्मदिन, यसकारण तानिएका थिए विवादमा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । तारक र जुनियर एनटीआर जस्ता नामले चिनिएका साउथ स्टार नन्दमुरी तारक रामा रावको आज जन्मदिन परेको छ । उनी आजबाट ३८ वर्ष पुरा भएका छन् । उनले साउथमा कयौँ हिट फिल्महरु दिएका छन् ।

नन्दमुरी तारक रामा राव उर्फ जुनियर एनटीआरले सन् १९९१ मा रिलिज भएको फिल्म ‘ब्रह्मार्षी विश्वामित्र’ बाट बाल कलाकारको रुपमा अभिनय यात्रा सुरु गरेका थिए ।

यस फिल्मलाई एक समयमा चर्चित निर्देशक तथा उनको दाई एनटीआरले निर्देशन गरेका थिए । त्यसपछि जुनियरले सन् १९९६ मा फिल्म ‘रामायण’ पनि अभिनय गरेका थिए ।

जतिबेला उनलाई नेशनल फिल्म अवार्ड अफ बेस्ट चिल्ड्रेनबाट सम्मान गरिएको थियो । जुनियरले सन् २००४ मा तेगुल फिल्म ‘आदी’ बाट मूख्य भूमिकामा डेब्यु गरेका थिए ।

उक्त फिल्म त्यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचिमा परेको थियो । त्यसपछि उनले काम गरेका हरेक फिल्म हिट हुँदै गएका थिए । सन् २०१३ मा उनी ‘बादशाह’ मा देखिएका थिए । जसले ५० सदनमा ४८० मिलियन कमाएको थियो ।

जुनियर एनटीआरले सन् २०११ मा तेलुगु च्यानलको मालिक नर्ने श्रीनिवासकी छोरी लक्ष्मी प्रणतिसँग इन्गेजमेन्ट गरेका थिए ।

त्यतिबेला प्रणति १७ वर्षकी थिइन् । इन्गेजमेन्टको खबर सार्वजनिक भएलगतै विजयवाढाका वकिल सिगुलुरी शान्ति प्रसादले जुनियर विरुद्ध नाबालिकसँग इन्गेजमेन्ट गरेको भन्दै उजुरी दर्ता गराए ।

त्यसपछि जुनियर विवादमा तानिए । धेरै मानिसहरुले नाबालिकसँग विवाह गर्न लागेको भन्दै विरोद्ध गरेपछि जुनियरले १ वर्ष पर्खेर मात्र विवाह गरेका थिए । जसको अहिले दुई छोरा छन् ।

अहिले जुनियर एसएस राजमौलीले निर्देशन गरेको फिलम ‘आरआरआर’ मा व्यस्ट छन् । जसमा उनी आलिया भट्ट, राम चरण, अजय देवगनको साथमा देखिने छन् । उनी एक फिल्मबाटै १८–२० करोड पारिश्रमिक लिन्छन् ।


प्रतिक्रिया दिनुहोस्