कोपा डि फ्रान्सको उपाधि पिएसजीलाई

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । मोनाकोलाई २–० ले हराउँदै पेरिस सेन्ट जर्माइन (पिएसजी) ले कोपा डि फ्रान्सको उपाधि जितेको छ ।

बुधबार फाइनलमा पिएसजीका लागि माउरो इकार्डी कालियन एमबाप्पेले एक एक गोल गरे ।

इकार्डीले १९ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफमा एमबाप्पेले अर्को गोल थपे ।

यस सिजन एमबाप्पे अन्य क्लबमा जानसक्ने चर्चा पनि चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्