रेम्डिसिभिर अब नेपालमै नेपालमै उत्पादन हुने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।

औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको खबर गोरखापत्र दैनिकमा छ ।

औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्