आचारसंहिता उलंघन गर्ने प्रधानमन्त्रीलाई कारवाही गर्न प्रचण्डको माग

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा (ओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले मौन अवधिमा अमुक उम्मेदवारलाई विजयी गराउन मतदातालाई वक्तव्य निकालेर धम्की दिएको भन्दै प्रचण्डको सचिवालयले यस्तो आग्रह गरेको हो।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचन आयोगसमक्ष प्रधानमन्त्रीलाई कारवाही गर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्रीको वक्तव्यले आचारसंहितको गम्भीर उलंघन भएको ठहर विज्ञप्तिमा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्