मन्त्रालयले भन्यो-अब दोश्रो डोज खोपको व्यवस्था नहुन सक्छ

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण विरुद्ध अब दोस्रो डोज खोपको व्यवस्था नहुन सक्ने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पहिलो डोज लगाएकालाई मात्र दोश्रो डोजको खोप दिइरहेको भन्दै पहिला नलगाएकालाई अहिले खोप नलगाउन आग्रह गरेका छन्।

यसअघि भेरोसेल लगाएकालाई मात्र दोस्रो डोजको खोप दिइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप अभियानमा संलग्न अधिकारीहरुलाई पहिलो डोज लगाएको कार्ड भएकालाई मात्र दोस्रो खोप लगाइदिन आग्रह गरेको हो ।

अहिले पहिलो डोज खोप लगाएमा उनीहरुलाई दोस्रो डोजको निश्चितता सरकारले गर्न नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

केही ठाउँमा यसअघि खोप नलगाए पनि खोप लगाउन भन्दै लाइन बसेको पाइएको छ। त्यसैले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस्