परीक्षणका लागि अस्पताल जानेहरुलाई नारायणकाजीले गरे निःशुल्क यातायातको व्यवस्था

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले निषेधाज्ञाको समयमा कोरोना परीक्षणका लागि अस्पताल जानआउनेहरुका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको बताएका छन्।

निषेधाज्ञाका कारण धेरै जना सवारी साधन चढ्न नपाइरहेको गुनासो बढिरहेका बेला प्रवक्ता श्रेष्ठले आफ्नै पहलमा नि:शुल्क यातायात अभियान सुरु गरेका हुन।

अस्पताल जान समस्या भइरहेकाहरुलाई यस अभियानबाट धेरै राहत मिल्नेछ। अस्पताल जान चाहनेहरुले मोबाइलमा सम्पर्क गर्न सक्नेछन्।

प्रवक्ता श्रेष्ठ हाल गृहजिल्ला गोरखामा छन्। स्वास्थ्यकर्मीसहितको टोली सहित गृहजिल्ला पुगेका नेता श्रेष्ठको पहलमा स्थानीयको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श र औषधि वितरण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्