एकैदिन ७,९८९ कोरोना संक्रमित निको भए, २४६ जनाको मृत्यु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७,९८९ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको छ।

यो महामारी सुरु भएयताको सबै भन्दा धेरै संक्रमण हो। यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ।

यस्तै, सोही अवधिमा ८,०६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार ९ सय ८८ जना, भक्तपुरमा २ सय २८ जना र ललितपुरमा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७१३ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्