कोरोना संक्रमणबाट आँखा रोग विशेषज्ञ डा.पूज्यश्री कार्कीको निधन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आँखा रोेग विशेषज्ञ प्रा डा.पूज्यश्री कार्कीको निधन भएको छ।

नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब २ बजे डा.कार्कीको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो । लगतै किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको सात दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो। बुधबार उनको निधन भएको हो।

प्रा। डा। कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन्।

उनका पति मिलेस सिंजापती पनि डाक्टर नै हुन् । उनी पनि किष्ट मेडिकल कलेजमै कार्यरत थिए ।

नेपाल चिकित्सक संघ एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै दुख व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्