बेइजिङबाट ९७५ सिलिन्डर काठमाडौं आइपुगे

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ४ : २६


 

काठमाडौं । चीनबाट सिलिन्डर र अक्सिजन कन्सर्नटेटर ल्याइएको छ।

नेपाल वायुसेवा निगमको जहाजले चीनको राजधानी बेइजिङबाट ९७५ थान सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर ल्याएको हो।

नेपाल वायुसेवा निगमका अनुसार हिजो र आज बेइजिङबाट ९७५ थान सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर ल्याइएको हो।

हाल अक्सिजन जेनेरेटर र खोपको अभाव रहेकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको वायुसेवा निगमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्