कोरोनाबाट पत्रकार बस्नेतको ३२ बर्षको उमेरमै निधन

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ४ : १६


काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै निधन भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि तीन हप्तादेखि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको आज दिउँसो उपचारकै क्रममा निधन भएको हो।

स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्।

दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय थिए।

दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए।

यसैबीच, पत्रकार बस्नेतको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत जनाएका छन्।

कोरोनाकै कारण हालसम्म १४ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन्।


प्रतिक्रिया दिनुहोस्