नेपाल टेलिकमले VoLTE सेवा सञ्चालन गर्ने : १०० मिनेटको VoLTE भ्वाइस सुविधा निःशुल्क

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : २७


नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा LTE  प्रविधि VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा  VoLTE सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो । यो सेवाकोउपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्ककोसहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ ।

माग बमोजिम उपलब्ध हुनेयो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले  VoLTE सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा  VoLTE एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई  VoLTE कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा  VoLTE को संकेत देखापर्दछ । VoLTE को संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट VoLTE भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले  VoLTE सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte  लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा support.volte@ntc.net.np  मा इमेल पठाउन पनि सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्