समृद्धि फाइनान्सले ल्यायो डिजिटल पेमेन्ट सिस्टम

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : १०


नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवो संचालनमा ल्याएको छ ।

सोसेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री टिकानिधी लोहनीले जुमबाट गर्नुभएको छ ।उहाँले अहिले चलिरहेको कोभिड-१९ को माहामारीले गर्दा कम्पनीका ग्राहकहरुलाई फाइनान्स कम्पनी सम्म आइ विभिन्न सेवा सुविधा लिन असहज भएको परिस्थितीमा फाइनान्स कम्पनीले संचालनमा ल्याएको डिजिटल पेमेन्टको सिस्टमले ग्राहकहरुलाई सुविधा हुने बताउनुभयो । साथै ग्राहकहरुलेघरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्ने पनि जानकारी गराउनुभयो ।

फाइनान्स कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्ने संस्थालेजानकारी गराएको छ । सो फाइनान्सले हेटौंडा, काठमाण्डौं, पोखरा, नारायणघाट र वुटवलमा रहेका पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट Internet Banking/Online Account Opening/Viber Banking लगायतको प्रविधमा आधारित सेवा पनि संचालनमा ल्याउँदैछ ।


प्रतिक्रिया दिनुहोस्