६ सय थान अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगमा प्राप्त हुने करिव ६ सय थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

आज ओमानको राजधानी मस्कटका लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिएका छन् । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने जनाइएको छ ।

यस्तै आज साँझ नै चीनको बेइजिङमाको लागि उडान भर्नेछ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।

त्यहाँको सिलिण्डर उत्पादनको अवस्थालाई हेरेर कति दिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्