आफ्नो मृत्युको अफवाह फैलाउनेलाई परेश रावल भने ‘धन्यबाद’

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । बलिउडमा पछिल्लो समय कलाकारहरु कोरोना संक्रमित हुन थालेपछि मृत्युको अफवाह फैलाउने ट्रेन्ड नै चलेको छ । केही दिन अघि अभिनेता मुकेश खन्नाको मृत्युको अफवाह चलेकाे थियाे ।

यसैबीच अभिनेता परेश रावलको निधनको खबर सामाजिक सञ्जालबाट फैलिएपछि उनी आफै दंग परेका छन् । उनले आफु जिउँदै रहेको कुरा सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका छन् ।

उनले आफ्नो श्रद्धाञ्जली दिएको एक तस्विर सहितको स्क्रिन सर्ट सहित पोष्ट गर्दै आफु जिवित रहेको बताएका हुन् । अभिनेता परेश रावलले अफवाहमाथि हाँस्दै आफु मरेको छैन । यसरी अपवाह फैलाउनेलाई धन्यबाद भनेका छन् ।

मृत्युको हल्ला चलेपछि भारतिय सञ्चारमाध्यमले परेश रावलसँग कुराकानी गरेका छन् । उनलाई भारतीय सञ्चार माध्यमले परेश रावललाई ‘तपाईंको मृत्युको अफवाह उडिरहेको छ त’ भनेर प्रश्न गरेको थियाे ।

यो प्रश्न सुनेपछि परेश रावल बेस्सरी हाँसे । उनी भन्छन्, ‘होइन‘होइन‘ धन्यवाद तपाईंको शुभकामनाका लागि । तर सबैलाई भन्न चाहन्छु कि म ठिक छु र चिन्ता गर्नुपर्ने आवश्यक छैन ।’


प्रतिक्रिया दिनुहोस्