विजय गच्छदारलाई पत्नी शोक

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्तीको निधन भएको छ ।

कांग्रेस नेता गच्छदारकी पत्नी निर्मला गच्छदारको शनिबार बिहान काठमाडौंमा निधन भएको हो । निर्मला गच्छदारको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्