प्रिमियर लिग: सिटीको संघर्षपूर्ण जित

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । शुक्रबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २५ औं मिनेटमा इमिल क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । तर,३९ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा फर्काए ।४२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

६२ औं मिनेटमा जोसेप विललकले गोल गर्दै न्युकासललाई ३–२ को अग्रता दिलाए ।६४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६६ औं मिनेटमा टोरेसले व्यक्तिगत तेस्रो गोल गर्दै सिटीलाई ४–३ को जित दिलाए । जितसँगै सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्