हात्ती न्वारन गरी नाम राखियो ‘शेषचन्द्र गज’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


चितवन । चितवनमा हात्तीको न्वारन गरेर नाम राखिएको छ । बाह्र दिनअघि हात्ती प्रजनन केन्द्र सौराहामा जन्मिएको छावाको न्वारन गर्दै उसको नाम शेषचन्द्र गज राखिएको हो ।

वन्यजन्तु संरक्षणको काममा खटिँदा २०७१ असोजमा तस्करहरूको गोली लागि मृत्यु भएका चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ गेमस्काउट स्व. शेषचन्द्र चौधरीको सम्मान स्वरूप हात्तीको नामाकरण गरिएको निकुञ्जकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्