सकियो ओली-नेपाल वार्ता

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा जारी एमालेको आन्तरिक वार्ता सकिएको छ । कारी तीन घण्टा बसेको वार्ताले जेठ दुई वरपर सहमति गर्ने निष्कर्ष निकालेको छ ।

छलफलमा विवाद समाधान र एकताको वातावरण निर्माणमा जोड दिइएको छ । सहमतिका ठोस निष्कर्ष कार्यदलमा खोजिने भएको छ । माधव नेपाल र केपी ओली बसेर कार्यदल तय गर्ने र अरू सहमतिको प्रयास गर्ने कुरा भएको बताइएको छ ।

छलफलमा अन्य नेताहरू ईश्वर पोखरेल, भीम रावल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ , सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट , र रघुजी पन्त पनि सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्