२४ घण्टामा ८ हजार ५२०जनामा कोरोना संक्रमण पुष्टि , २ सय ३ जनाको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


बितेको २४ घण्टामा थप ८ हजार ५२० कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो। यसपछि नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ जसमध्य सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।
२ सय ३ जनाको मृत्यु भए सङै नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ६६९ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्