प्रधानमन्त्री ज्यु अप्रेसन गर्दा किड्नी नपाएको भए कस्तो महसुस गर्नु हुन्थ्यो ? रवीन्द्र मिश्र

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधान मन्त्री केपी शर्मा ओलीलाई यदि तपाईँको किड्नी प्रत्यारोपण गर्ने समयमा, तपाईँ जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको बेला तपाईँले किड्नी नपाउनु भएको भए तपाईँलाई कस्तो महसुस हुन्थ्यो ? तपाईँको परिवारलाई कस्तो महसुस हुन्थ्यो ? भनेर प्रश्न गरेका छन् ।

यस्तो अवस्थामा तपाईँहरूले निजी अस्पताललाई १५ दिनभित्रमा अक्सिजन प्लान्ट स्थापना गर भन्दै हुनुहुन्छ । त्यो व्यवहारिक रूपमा कसरी सम्भव छ ?तपाईँ सरकार भएर गर्न नसक्ने अनि निजी अस्पताललाई गर भन्ने ? भन्दै उनले सकभर बढी सरकारी अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्न सुझाव दिएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्