विदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरूको क्रिडास्थल बनाउने कार्य भयो : नारायण काजी श्रेष्ठ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


नेकपा माओवादीका नेता नारायण काजी श्रेष्ठले देशलाई बाह्य शक्तिहरूको क्रिडास्थल बनाउने कार्य भएको भन्दै देश भक्त हरू एकजुट हुनु पर्ने बताएका छन् । राष्ट्रिय स्वाधीनता माथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौती हो भन्दै उनले देशभक्त शक्तिहरू एक भएर सर्भौमिकताको रक्षा गर्नुपर्ने बताएका छन् ।

आफ्नो तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने,विदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरूको क्रिडास्थल बनाउने कार्य र त्यसले राष्ट्रिय स्वाधीनता माथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौती हो।अतःसम्पुर्ण देशभक्त शक्तिहरू एक होऔँ,सार्वभौमिकताको रक्षा गरौँ ।

बाह्य शक्तिहरू नेपालको संविधान र लोकतन्त्रका विरुद्ध आफ्नै एजेन्डा लाद्ने रणनीतिकसाथ क्रियाशील भइरहेको ,आफ्नो कुर्सी स्वार्थ कालागि राष्ट्रिय स्वाधीनताको मुद्दालाई नै सौदा बाजीको विषय बनाउने शासकहरूबाट उनीहरूको भूमिकाको लागि आधार तयार पारिएकाले बाह्य शक्तिकेन्द्रको अवाञ्छनीय हस्तक्षेप र तिनका घरेलु सेवकहरूका विरुद्ध सङ्घर्ष नगरी संविधान र लोकतन्त्रको पनि रक्षा हुन सक्दैन ,सामाजिक न्याय सहितको समृद्धि र समाजवाद त झन् धेरै परको कुरा हुन जानेछ ।यो यथार्थलाई समयमै गहिरो गरी आत्मसात् गरौँ ।


प्रतिक्रिया दिनुहोस्