क्रान्ति न सफल हुन्छ न असफल हुन्छ, यो त जारी रहन्छ : घनश्याम भुसाल

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच बिहीबार भएको भेटघाटमा पार्टी भित्रको अन्तर्विरोध समाधान गर्ने सहमति भएपछि एमाले नेता घनश्याम भुसालले- “क्रान्ति न सफल हुन्छ न असफल हुन्छ, यो त जारी रहन्छ” भनेर प्रतिक्रिया दिएका छन् ।

क्रान्तिको इतिहासको एउटा निष्कर्ष छस् क्रान्ति न सफल हुन्छ न असफल हुन्छ, यो त जारी रहन्छ ।

प्रधानमन्त्री ओली संगको भेटपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टी भित्र देखिएको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको जानकारी दिनुभएको हो । उहाँले आफुले बैशाख २६ गते अध्यक्ष ओलीलाई पठाएको ६ बुँदे प्रस्तावमा छलफल भएको र सर्वोच्च अदालतको फैसला बमोजिम २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुराई नयाँ ढंगले अघि बढाउने बारे छलफल भएको जानकारी दिनुभयो । उहाँले छलफल मिल्ने दिशामा अघि बढेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी दुई जनाको बीचमा भेटघाट, कुराकानी भए । पार्टी भित्रको समस्याको बारेमा हामीले आफ्नो आफ्नो सोचाई राख्यौ । बैशाख २६ गते अध्यक्ष केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे विषय मैले अघि सारेको थिएँ प्रस्ताव । त्यसमा छलफल गरियो । छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपश्चात भएका निर्णयहरु फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुराउने र पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि हामीले कुन तरिका अबलम्बन गर्ने भन्ने बारेमा छलफल जारी राख्ने कुरा भएको छ । राजीनामा दुई चार दिनलाई टर्यो । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।”


प्रतिक्रिया दिनुहोस्