ओली-माधव संवादको अर्थ छैन : राम कुमारी झाँक्री

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल बिच बिना ठोस प्रस्ताव संवाद भएको भन्दै त्यसको अर्थ नहुने बताएकी छिन् । उनले ओली सँग बिद्रोहमै जोड दिएकी छिन् ।

ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।


प्रतिक्रिया दिनुहोस्