ओलीलाई साथ दिन माधव नेपाल तयार, अव एक महिना ओलीकै सरकार 

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौँ । बुढानीलकण्ठ स्थित क्याप्टेन रामेशवर थापाको घरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल बिच भेट वार्ता हुँदैछ । श्रोतका अनुसार माधव नेपाल १ महिना ओलीलाई सघाएर हेर्ने मनस्थितिमा पुगेका छन् ।

ओलीले सहमति पालना नगरे एक महिना पछि फेरी हटाउन सकिने कानुनी  प्राबधान बुझेर  नेपाल ढुक्क भएका छन् । ओलीले भेटघाटको प्रस्ताव राखे लगतै नेपालले वरिष्ठ अधिवक्ताहरू सँग कानुनी परामर्श गरेका थिए ।

आज बहुमतको सरकार बनाउने देउवाको प्रयास असफल भएमा राष्ट्रपतिले सबै भन्दा ठुलो दलको सम्सदिय दलको नेताको हैसियतमा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्ने हुँदा माधव नेपालले त्यसपछिको प्रक्रियाका बारेमा कानुनी परामर्श गरेका थिए । यसरी धार ७३(३)बाट आएको प्रधानमन्त्री एक महिना भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।ओलीलाई त्यो बेला सहयोग चाहिने भएकाले माधव त्यहाँ सम्म जान तयार भएका हुन ।

धारा ७३(३) अनुसार विश्वाशको मत लिन नसकेमा बहुमत पाउन सक्ने आधार व्यक्त गर्ने जो कोही प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति गर्न मिल्ने र त्यो बेला सम्सदिय दल होइन सम्सद को ब्यतिगत मतको हिसाब हुने कुरा अधिवक्ताहरूले माधव नेपाललाई सुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस्