प्रधानमन्त्री ओली र नेपाल बिच भेट बार्ता सुरु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल बिच भेट बार्ता सुरु भएको छ |

माधव कुमार नेपाल सहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय लगत्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फोन गरेर भेटेर सल्लाह गर्ने प्रस्ताव राखेका थिए । जवाफमा आफू व्यस्त रहेकाले २ घण्टा पछि मात्र भेट्न सकिने नेपालले बताएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्